📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

कावासोतीमा निशुल्क मुटु स्वास्थ्य परीक्षण शिविर हुने

🕒 June 10, 2025 ✍ न्युज नेपाल संबाददाता

नवलपुर — समाजसेवी स्व। शंकर जङ्ग रायमाझीको प्रथम स्मृति दिवसको अवसरमा कावासोती–१०, मगरकोटमा निशुल्क मुटु स्वास्थ्य परीक्षण शिविर आयोजना हुने भएको छ। शिविर आगामी जेठ ३० र ३१ गते कावासोती १० को स्वास्थ्य चौकी प्राङ्गणमा सञ्चालन हुनेछ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा। अनिल भट्टराई सहित अन्य डाक्टरहरुदरा थ’पै विशेषज्ञा सेवा प्रदान गरिने जनाईएको छ ।, विहानी युवा क्लब र रायमाझी परिवारको संयोजनमा आयोजना हुने उक्त शिविरमा नेपाल कार्डियो डाईबेटिज एण्ड थााईराईड सेन्टर तथा सेभ द हार्ट काठमाण्डौको प्रविधिक सहयोग रहनेछ।

शिविरमा सहभागीहरूलाई निःशुल्क रूपमा मुटुसम्बन्धी परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइनेछ। उपलब्ध सेवाहरूमा मुटु रोग सम्बन्धी विशेषज्ञ परामर्श, ई।सी।जी।, ईको कार्डियोग्राफी, र आवश्यक औषधि वितरण समावेश छन्।
विशेषज्ञ सेवामा वरिष्ठ मुटु रोग विशेषज्ञ डा। अनिल भट्टराई, वरिष्ठ फिजिसियन डा। दिनेश जङ्ग रायमाझी, वरिष्ठ सर्जन डा। प्रकाश जङ्ग रायमाझी डा। अकिन जङ्ग रायमाझी, वरिष्ठ नेत्र रोग विशेषज्ञ डा। अमृत खड्का, वरिष्ठ बाल रोग विशेषज्ञ डा। नारायण ब। थापा, र दन्त रोग विशेषज्ञ डा। आश्ना थापा तथा डा। आशुतोष थापा रहनेछन्।

१८ वर्षभन्दा कम उमेरका आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई आवश्यक परेमा मनमोहन टिचिङ अस्पताल, काठमाडौँमा निशुल्क मुटुको शल्यक्रिया गरिने व्यवस्था समेत गरिएको छ।
आयोजक संस्थाहरूका अनुसार, स्व। शंकर जङ्ग रायमाझीको योगदानको स्मृतिमा आयोजित यो शिविरले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास लिइएको छ। उनीहरूको जीवन र कार्यबाट प्रेरणा लिएर सामाजिक सेवा अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
शिविरमा सहभागी हुन इच्छुक सर्वसाधारणले जेठ ३० र ३१ गते बिहान ८ बजेदेखि कावासोती स्वास्थ्य चौकीमा उपस्थित हुन आग्रह गरिएको छ।