📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता र ‘बानडुङ स्पिरिट’ को चर्चा

🕒 June 17, 2025 ✍ न्युज नेपाल संबाददाता

काठमाडौं । इण्डोनेशियाको बानडङमा सन १९५५ मा बनेको असंलग्न परराष्ट्र नीतिको अवधारणामाथि काठमाडौंमा विज्ञहरुले चर्चा गरेकाछन । असंलग्न परराष्ट्र नीतिको अवधारणा बनेको ७० वर्षको उपलक्ष्यमा फ्रेण्ड्सन अन द क्लाउड नामक संस्थाले अन्तक्रिया आयोजना गरेको हो ।

कार्यक्रमका पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पररास्ट्र विद प्रा. डा. मोहन लोहनी, परराष्ट्र विद महेश भट्ट, पे्रmण्ड्सन अन द क्लाउका अध्यक्ष शोभित उप्रेती लगायतले वर्तमान बहुध्रुर्विय उन्मुख विश्व शक्ति, परिवर्तित भू–राजनीति र नेपालको अवस्थाबारे धारणा राखेका थिए ।

एमाले उपमहासचिव एवम पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले असंलग्नता र पञ्चशील नेपालको विदेशी नीतिको मुल मन्त्र भएकाले शक्ति राष्ट्रको स्वार्थमा अल्झिन नहुने धारणा राखे । शक्ति राष्ट्रले आफू अनुकुल सैन्य एवम आर्थिक गठबन्धन गराउनेक्रम बढेकाले नेपाल जस्तो राष्ट्रले सन्तुलित नीतिकासाथ अघि बढ्नुपर्ने धारणा राखे ।

ज्ञवालीले नेपाल अतिकम विकसित रास्ट्रवाट स्तर उन्नति हँुदा त्यसवाट पर्ने प्रभाव र देशको सार्भभौमिकता वचाउन नेपालले अपनाउन पर्ने असंलग्न सिद्दान्तमाथिसमेत चर्चा गरे ।
प्राध्यापक डा. लोहनी, विज्ञ भट्ट र अध्यक्ष उप्रेतीले विश्वासयोग्य पररास्ट्र नीति र त्यसअनुसार व्यवहार प्रदर्शन गर्नुपर्ने आवश्यकतमाा जोड दिए ।

इन्डोनेसियाका शासक सुकार्नोले सन् १९५५ मा बानडुङ सम्मेलन गराएर असंलग्न नीतिलाई विश्वसमक्ष प्रवल प्रस्तावका रूपमा अघि सारेका थिए । सुरुमा कम्युनिस्ट चिन्तनबाट प्रभावित युगोस्लाभियाका राजनेता मार्सल ब्रज टिटो अमेरिका र सोभियत संघ जस्ता ‘पावर ब्लक’ बाट पृथक बस्नुपर्छ भन्ने मान्यता राख्थे। बानडुङमा नेपाललगायत केही राष्ट्रले असंलग्न नीतिको निर्भीक समर्थन गरे भने सन् १९६१ मा युगोस्लाभियाको बेलग्रेडमा आयोजित सम्मेलनमा असंलग्न बस्न चाहने राष्ट्रको संख्या बढ्यो। अमेरिका तथा सोभियत संघमाथि नयाँ दबाब थपियो।

चीन, अफगानिस्तान, कम्बोडिया, इरान, बर्मा, अल्जेरिया, नेपाल, इथियोपिया, भारत, मोरक्को, साइप्रस, साउदी अरेबिया, श्रीलंका, सुडान, ट्युनिसिया, यमन, संयुक्त अरब इमिरेट्स, युगोस्लाभिया, क्युबा आदि संलग्न बेलगे्रड सम्मेलन असंलग्नताको ‘माइलस्टोन’ नै सावित भयो। विश्वका चर्चित राजनेता एउटै मञ्चमा देखिएपछि त्यसले एसिया, दक्षिण अमेरिका, अफ्रिका आदि क्षेत्रका राष्ट्रलाई नवीन सन्देश दिएको थियो ।