📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

टिनएजरका लागि करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न, ७० जना सहभागी

🕒 June 21, 2025 ✍ न्युज नेपाल संबाददाता

चितवन, असार ७ – ‘Time for Change, Youth for Change’ नारासहित चितवनको होटल स्टारमा “Teenager’s Collaboration: Study in Nepal & Abroad with Career Counseling” नामक करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न भएको छ।

सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिको मुख्य प्रायोजनमा आयोजित कार्यक्रममा करिब ७० जना किशोरकिशोरीको उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रमका प्रमुख वक्ता तथा सेन्ट्रल मोडल कलेजका अध्यक्ष एवं सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले किशोर अवस्थामा नै आफ्नो रुचिअनुसारको करियर छान्नुपर्नेमा जोड दिनुभयो।


उहाँले युवाहरूलाई नेपालमै केही गर्न सकिने सम्भावना खोज्न आग्रह गर्दै सेन्ट्रल कलेजले नेपालमा BHM (Bachelor in Hotel Management) र BIM (Bachelor in Information Management) जस्ता व्यावसायिक कोर्सहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि पनि सेन्ट्रल कलेजले विभिन्न मुलुकहरूमा सहुलियतपूर्ण प्रक्रियाबाट उच्च शिक्षामा पठाउने व्यवस्था गरेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले काउन्सेलिङबाट भविष्यको योजना बनाउन सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।