📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

🕒 June 25, 2025 ✍ न्युज नेपाल संबाददाता

नवलपुर,असार ११-

नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अधिकांस शैक्षिक परामर्शदाता संस्था (कन्सलटेन्सी)हरु दर्ता विना सञ्चालनमा रहेको पाइएको छ । जिल्ला सदरमुकाम कावासोती, मध्यविन्दु, देवचुली र गैडाकोट क्षेत्रमा सय बढि कन्सलटेन्सीहरु संचालनमा रहेका छन । अधिकांस कन्सलटेन्सीहरु दर्ता विनै सञ्चालनमा रहेको पाइएपछि प्रदेशको शिक्षा मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले कडाइ गर्न थालेको छ । मन्त्रालयले दर्ताका लागि सूचना जारी गरेको छ भने प्रशासन कार्यालयले विवरण संकलनको काम गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जिल्लामा संचालित शैक्षिक परामर्श ,पूर्व तयारी कक्षा र भाषा शिक्षण कक्षा सञ्चालन गर्ने संस्थाको लागत लिने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘केही पालिकाहरुले विवरण समेत माग गरेका छन,कार्यविधि र मापदण्ड अनुसार प्रशासन कार्यालयले अनुगमन गर्नेछ ।’ उहाँले सबै संस्थाहरु विधिपूर्वक संचालन हुनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले शैक्षिक परामर्श ,पूर्व तयारी कक्षा र भाषा शिक्षण कक्षा सञ्चालन गर्न इच्छुक संस्थालाई संचालन अनुमती प्रदान गर्न ३० दिनको समय दिएको छ । सो समय यही शुक्रबार सकिदैछ । मन्त्रालयका प्रवक्ता तोयनाथ लम्सालले दर्ता गर्नका लागि समय दिइएको भन्दै समयमै दर्ता गर्न र राज्यको नीति नियममा संचालन हुन निर्देशित गरिएको बताउनुभयो ।