गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै

नवलपुर — “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता २०८२ असार १६ गते सोबारदेखि नवलपुरमा सुरु हुने भएको छ। प्रतियोगिता मध्यविन्दु नगरपालिका–७ स्थित चोरमारा कर्भड हलमा हुनेछ।

जिल्ला ब्याडमिन्टन संघ नवलपुरको आयोजनामा हुने प्रतियोगिताको प्रवद्र्धन गण्डकी प्रदेश खेलकुद परिषद्ले गरेको हो। प्रतियोगिता दुई दिनसम्म चल्नेछ। गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट खेलाडीहरूको सहभागिता रहने आयोजक जिल्ला ब्याडमिन्टन संघ नवलपुरका अध्यक्ष दिपेन्द्र ढकालले जानकारी दिनुभयो।

ढकालका अनुसार प्रत्येक जिल्लाबाट पुरुष सिङ्गल, पुरुष डबल, महिला सिङ्गल र महिला डबल गरी २र२ विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको समन्वय जिल्ला खेलकुद विकास समिति नवलपुरले गरेको छ भने गण्डकी प्रदेश ब्याडमिन्टन संघ र चोरमारा ब्याडमिन्टन क्लबले सहकार्य गरेका छन्।

प्रतियोगिताबाट गण्डकी प्रदेशका जिल्लाबीचको खेलकुद सम्बन्ध सुदृढ हुने, खेलाडीहरूलाई अनुभव आदानप्रदान गर्न अवसर दिने र स्थानीयस्तरमा ब्याडमिन्टन खेलको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलकुद संघ–संस्थाका प्रतिनिधिहरु तथा ब्याडमिन्टनप्रेमीहरूको उपस्थिति रहने आयोजकले जनाएको छ। प्रतियोगिता सफल बनाउन आवश्यक तयारी पूरा भइसकेको पनि आयोजक संस्थाका कोषाध्यक्ष शिब खड्काले बताउनुभयो।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *