📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता

🕒 July 6, 2025 ✍ न्युज नेपाल संबाददाता

नवलपुर, कावासोती — कावासोती नगरपालिका–४ हसौरामा स्थानीयबासीले वर्षौंदेखि जोतभोग गर्दै आएको विघौं विघा जमिन कर्मचारी प्रशासनसँग मिलेमतो गर्दै जालसाजीपूर्वक आफ्नो नाममा दर्ता गराएको आरोप लागेका क्यूप्रसाद बस्यालमाथि नेकपा बहुमतले कालोमोसो दलेर सांकेतिक कारबाही गरेको छ।

उक्त कारबाहीप्रति नेकपा माओवादी केन्द्र कावासोती नगर समितिले ऐक्यबद्धता जनाउँदै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ। नगर अध्यक्ष बलराम ढकालद्वारा जारी विज्ञप्तिमा भूमाफिया गतिविधि र जनताको सम्पत्ति हडप्ने कार्यको विरोध गर्दै बस्यालले गरेका कामप्रति आपत्ति जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ कि बस्यालले स्थानीयको नाममा रहेको जग्गा आफ्नो नाममा बनाएका छन् र स्थानीयवासीलाई झुक्याएर पैसा असुल्ने काम गर्दै आएका छन्। यसै कारण नेकपा बहुमतले उनलाई सांकेतिक रूपमा कालोमोसो दलेर चेतावनी दिएको हो।

नेकपा माओवादी केन्द्र कावासोती नगर समितिले प्रशासन र सरोकारवालासँग यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर आवश्यक कारबाही गर्न माग गरेको छ। साथै पीडितको घर–जग्गा तत्काल फिर्ता गराउन जोडदार आग्रह गरिएको छ।

विज्ञप्तिमा कानुनी राज्यको सम्मान गर्दै नागरिकको सम्पत्तिमा अवैध हस्तक्षेप र सिण्डिकेटको अन्त्यका लागि जनदबाब अपरिहार्य हुने उल्लेख गरिएको छ। साथै, जनताको हकहितमा भइरहने यस्ता कार्यहरूप्रति पार्टीको समर्थन र साथ निरन्तर रहने स्पष्ट पारिएको छ।