📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

🕒 July 9, 2025 ✍ न्युज नेपाल संबाददाता

नवलपुर, असार २५ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । रातिदेखि परेको झरीले डाउन्ने खुर्सानी खोलामा सडक करिव ४ फिट भासिएका कारण राजमार्ग पूर्ण रपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।

राजमार्ग मर्मतको काम भइरहे पनि कतिबेला खुल्छ भन्ने एकिन नभएकाले यो मार्ग भएर यात्रा गर्ने सम्पूर्णलाई बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । हिउँदमा समेत समस्या हुने दाउन्ने खण्डमा वर्षामा थप समस्या हुने गरेको छ ।

सामान्य पानी पर्दा पनि चिल्लिएर गाडी गुड्न नसक्ने र ठूलो पानी पर्दा सडक भासिने र पहिरो जाने समस्याका कारण यो मार्ग भएर यात्रा गर्नु निक्कै कष्टकर हुँदै आएको छ । चिनीयाँ ठेकेदार कम्पनीले विस्तारका लागि सडक भत्काएको तर समयमै मर्मत नगर्दा वर्षामा थप समस्या हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए ।