📅 2082 साल फागुन 6 , बिहीबार
ब्रेकिङ
चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन ।
Top Ad

उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही

🕒 February 14, 2026 ✍ न्युज नेपाल संबाददाता

चितवन — सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएका चितवनका बचतकर्ताहरुले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरुसँग आफ्नो रकम फिर्ता गराउने र दोषीलाई कारबाही गर्ने सम्बन्धमा प्रतिबद्धता माग गरेका छन् ।

शुक्रबार साँझ उनीहरुले चितवन–२ मा नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलसँग १३ बुँदा धारणा राख्दै यसबारेमा प्रतिबद्धता व्यक्त गर्न अपिल गरे ।

चितवनमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, सनराइज बचत तथा ऋण सहकारी संस्था र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले यस्तो अभियान चलाएका हुन् । यी तीन सहकारीको मात्रै तीन अर्ब रुपैयाँ बचत अपचलन भएको र ३० हजारभन्दा बढी बचतकर्ताहरु मर्कामा परेको संघर्ष समितिका रहेका शालिकराम दुवाडीले बताए ।

‘के सहकारी ठगहरु जतिसुकै ठूलो शक्तिशाली व्यक्ति वा आफ्नै पार्टीको भए पनि कानुनअनुसार उनीहरुलाई कारबाही गराउन र ठगिएको रकम फिर्ता दिलाउन तपाईंले संसदमा जोडदार आवाज उठाउनुहुनेछ ?’ सहकारीपीडितहरुले बुझाएको प्रतिबद्धता मागपत्रको दुई नम्बर बुँदामा उल्लेख छ । सहकारी ठगको सम्पत्ति जफत गर्ने कडा कानुन बनाउन प्रतिबद्ध हुन पनि उनीहरुले माग गरेका छन् ।

सहकारी ठगको आरोप लागेका धेरै व्यक्तिहरु फरार रहेको हुँदा त्यस्तालाई समाउन संसदमा जोडदार रुपमा आवाज उठाउन उनीहरुले उम्मेदवारसँग अपिल गरे । रोक्का भएको पासपोर्ट (राहदानी) फुकुवा गरेर साहारा चितवनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईलाई विदेश भगाउने काम भएको बताउँदै सहकारीपीडितहरुले यसो गर्नेहरुमाथि छानबिन गर्न र जीबी राईलाई पक्राउ गर्न माग गरेका छन् ।

अदालतमा दायर भएको मुद्दा बचतकर्ताको हितलाई ध्यानमा राख्दै छिटो फैसला गर्न दबाब दिन उनीहरुको माग छ । त्यसैगरी अपचलन गरेको ऋण तिर्न राजी भएका आरोपितहरुले रकम कहाँ र कसरी तिर्ने हो भन्ने गाँठो पनि फुकाउन उनीहरुको आग्रह छ । स्थानीय बजारमा छरिएर रहेको ऋण असुल गर्न अब बन्ने सरकारले छिटोभन्दा छिटो पहल लिनुपर्ने र त्यसमा सांसद भएर जानेले सघाउनुपर्ने माग छ ।

‘चितवनका हरेक दलका हरेक उम्मेदवारलाई यस्तो प्रतिबद्धतापत्र बुझाउने दुवाडीले बताए । ‘हामी निकै पीडित छौं । तीनचार वर्षयता रकम फिर्ताको अभियानमा छौं । यो विषय राष्ट्रिय मुद्दा बन्यो तर रकम फिर्ता भएन, न सहकारी ठग्नेहरु कारबाहीमा परे,’ उनले भने, ‘दु:खजिलो गरेर सय पाँच सय रुपैयाँ सहकारीमा राख्ने सामान्य नागरिक ठूलो पीडामा छन् ।’