📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

‘पर्यटन व्यवसाय प्राथमिकतामा’

🕒 August 17, 2022

लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले पाल्पाको विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

पर्यटन विकास भयो भने आयस्रोत पनि बढ्ने हँुदा व्यवसायलाई जोड दिनुपर्ने मन्त्री राना
बताउनुहुन्छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ पाल्पाको आयोजनामा भएको दोस्रो तथा तेस्रो साधारणसभाको आज उद्घाटन गर्नुहँुदै मन्त्री रानाले जिल्लामा ऐतिहासिक तथा धार्मिक, पर्यटकीय क्षेत्र प्रशस्त रहेका हुँदा यसको विकास गरेर नमूना पर्यटकीय सहर बनाउन सकिने बताउनुभयो ।

लुम्बिनी र पोखराको बीच भागमा पर्ने पाल्पा सदरमुकाम तानसेनमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन् । सदरमुकाम आएका पर्यटकलाई जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा पु¥याउन पर्यटन विकासको आवश्यकता रहेको मन्त्री रानाको भनाइ छ । जिल्लामा ओझेलमा परेका थुप्रै पर्यटकीय स्थल रहेको उल्लेख गर्दै उहाँले यिनको विकास गरेर पाल्पा नमूना जिल्ला बन्ने बताउनुभयो ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ पाल्पाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले ठूला लगानीमा व्यापार तथा व्यवसाय, उद्योग खुल्ने क्रम बढिरहेको बताउनुभयो । लुम्बिनी र पोखरा आउने बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।