एमाले पोलिटब्युरो बैठक बस्दै

नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी
दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनुहुनेछ । भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

यही भदौ ७ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *