एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिनुभयो ।

यस्तै सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र . समसामयिक प्रस्ताव रहेका छन् । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो ।

यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटव्यूरो बैठक बसिसकेको छ । ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *