नवौँ राष्ट्रिय खेलकुद ः कञ्चनपुरमा आजदेखि छनोट हुँदै

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आजदेखि कञ्चनपुरमा छनोटका खेल हँुदैछन् ।

जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न विधामा फाराम भरेका खेलाडीलाई क्षेत्रीय प्रतियोगितामा सहभागी गराउन आजदेखि छनोट गर्न लागेको होे ।

छनोटका लागि जिल्लामा एक हजार ६७ खेलाडीले फाराम भरेका थिए । तीमध्ये विभिन्न विधाका पाँच सय २१ छनोट हुनेसमितिले जनाएको

छ । समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले भदौ १५ गतेसम्म छनोटका कार्यक्रम हुने बताउनुभयो । “यसअघि प्रतियोगितामा भाग लिने खेलाडीलाई फाराम भर्न आह्वान गरेका थियौँ”, उहाँले भन्नुभयो, “जिल्लामा छनोट भएका खेलाडी प्रदेशमा जान्छन्, त्यहाँ छनोट हुने खेलाडीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनेछन् ।” उहाँले भदौ १८ गतेदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने बताउनुभयो ।

यसअघिका विभिन्न प्रतियोगितामा कञ्चनपुका खेलाडीले बढी पदक ल्याएको बताउँदै उहाँले यसपटक पनि कञ्चनपुरका खेलाडीले बढी पदक ल्याउने जिकिर गर्नुभयो । प्रतियोगितामा हुने ३६ मध्ये कञ्चनपुरले ३१ खेलमा खेलाडी प्रतिस्पर्धामा सहभागी गराउन लागेको छ । कुस्ती, भारोत्तलन, कबड्डी, भलिबल, हक्की, आर्चरी र बक्सिङलगायतका खेलमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदकको आशा गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी प्रशिक्षणमा व्यस्त रहेको बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टले बताउनुभयो । “हामी सबै प्रतियोगिताको तयारीमा लागेका छाँै”, उहाँले भन्नुभयो, “आजदेखि जिल्लास्तरीय छनोट हुँदैछ, खेलाडी उत्साहित छन् ।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *