शुक्रबार , बैसाख ५, २०८२
नवौँ राष्ट्रिय खेलकुद ः कञ्चनपुरमा आजदेखि छनोट हुँदै – News Nepal Media
Trend

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आजदेखि कञ्चनपुरमा छनोटका खेल हँुदैछन् ।

जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न विधामा फाराम भरेका खेलाडीलाई क्षेत्रीय प्रतियोगितामा सहभागी गराउन आजदेखि छनोट गर्न लागेको होे ।

छनोटका लागि जिल्लामा एक हजार ६७ खेलाडीले फाराम भरेका थिए । तीमध्ये विभिन्न विधाका पाँच सय २१ छनोट हुनेसमितिले जनाएको

छ । समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले भदौ १५ गतेसम्म छनोटका कार्यक्रम हुने बताउनुभयो । “यसअघि प्रतियोगितामा भाग लिने खेलाडीलाई फाराम भर्न आह्वान गरेका थियौँ”, उहाँले भन्नुभयो, “जिल्लामा छनोट भएका खेलाडी प्रदेशमा जान्छन्, त्यहाँ छनोट हुने खेलाडीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनेछन् ।” उहाँले भदौ १८ गतेदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने बताउनुभयो ।

यसअघिका विभिन्न प्रतियोगितामा कञ्चनपुका खेलाडीले बढी पदक ल्याएको बताउँदै उहाँले यसपटक पनि कञ्चनपुरका खेलाडीले बढी पदक ल्याउने जिकिर गर्नुभयो । प्रतियोगितामा हुने ३६ मध्ये कञ्चनपुरले ३१ खेलमा खेलाडी प्रतिस्पर्धामा सहभागी गराउन लागेको छ । कुस्ती, भारोत्तलन, कबड्डी, भलिबल, हक्की, आर्चरी र बक्सिङलगायतका खेलमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदकको आशा गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी प्रशिक्षणमा व्यस्त रहेको बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टले बताउनुभयो । “हामी सबै प्रतियोगिताको तयारीमा लागेका छाँै”, उहाँले भन्नुभयो, “आजदेखि जिल्लास्तरीय छनोट हुँदैछ, खेलाडी उत्साहित छन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP