शुक्रबार , बैसाख ५, २०८२
गवारो नियन्त्रण गर्न प्राविधिक परिचालन – News Nepal Media
Trend

नुवाकोटको बेलकोटगढी नगरपालिकाले नगरका विभिन्न स्थानका रोपोमा देखिएको गवारो किरा नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरेको छ ।

प्राविधिकको अध्ययनअनुसार गवारो किराले धानको गुवो खाएर हरियो रोपो पहेँलो हुन थालेसँगै विषादी प्रयोग गरेर नियन्त्रणमा लिन लागिएको कृषि शाखा प्रमुख दामोदार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार किरा फैलिएका क्षेत्रको पहिचान गरेर प्राकृतिक उपाय तथा जैविक विषादीमार्फत नियन्त्रणको प्रयास गर्ने र त्यो सम्भव नभएमा कमभन्दा कम विषादीको समेत प्रयोग गर्न प्राविधिक टोली खटाइएको हो ।

“गवारो किराको प्रकोप सबैभन्दा धेरै बेलकोटगढी नगरपालिका–२ र ३ स्थित कुमरीको हजाराँै रोपनी क्षेत्रफलमा लगाइको रोपोमा फैलिएको छ ।” कृषि शाखा प्रमुख दाहालले भन्नुभयो, “जनप्रतिनिधिको सहयोगमा प्राविधिक कर्मचारीले गवारो किरा फैलिएका क्षेत्रको पहिचान गर्दै प्राकृतिक तथा जैविक विषादीको प्रयोग गर्ने र त्यसो गर्दा नियन्त्रण सम्भव नभएमा सरकारी सिफारिस सूचीमा उल्लेख भएअनुसारको विषादी प्रयोग गर्न भनिएको छ ।”

बेलकोटगढीको वडा नं २ र ३ सहित आसपासका क्षेत्रमा रोपिएको धान पछिल्लो एक साता अवधिमा हरियोबाट पहेँलो हुन थालेसँगै गवारो किरा भएको पहिचान गरिएको हो । गवारो को समस्या बेलकोटगढी सहित अन्यत्रसमेत देखा पर्न थालेकाले समयमै सावधानी अपनाउन कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनालले अनुरोध गर्नुभयो । उहाँका अनुसार पुतली वर्गअन्तर्गतको गवारो लार्भाले रोपोको गुवो खाने गर्दछ । यसको असरले धानमा बाला नलाग्नेदेखि समयमै नियन्त्रण गर्न नसकेमा रोपो (बिरुवा) नै नष्ट हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP