म्यानमार र मलेसियाका राजदूतलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदूतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

उहाँले आज राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहमा म्यानमारका राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका राजदूत डिल्लीराज पौडेललाई पद तथा गोपनियताको शपथ गराउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु उपस्थिति हुनुहुन्थ्यो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *