समिति गठन

बागमती प्रदेश सरकारले प्रदेशभित्र बोलिने तामाङ र नेवारी भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन प्रक्रिया थालेको छ । यसका लागि सरकारले प्रदेशका प्रमुख सचिवको नेतृत्वमा एक समिति गठन गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिका सदस्यहरूमा सामाजिक विकास मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव एवं आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहनुभएको छ । समितिले अध्ययन गरेर उपलब्ध गराउने प्रतिवेदनका आधारमा आवश्यक ऐन आदि निर्माण गरेर कामकाजको भाषा लागू गरिने मन्त्री जम्कट्टेलले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशभित्र नेपाली भाषासहित नेवारी र तामाङ भाषालाई कामगाजको भाषा बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरकोे थियो । “यो हाम्रो पहिलेदेखिकै माग थियो, त्यसलाई कार्यान्वयनमा लान थालिएको हो”, उहाँले भन्नुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *