खेलकुदमन्त्री गहतराज बाँके–१ बाट उम्मेदवार सिफारिस

आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज बाँके निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रतिनिधिसभाको उम्मेदवारमा मन्त्री गहतराजसँगै सात जनाको नाम सिफारिस गरेको पार्टीका जिल्ला संयोजक डम्बर विकले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री गहतराजसँगै लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नेताहरु नरेन्द्र न्यौपाने, नरबहादुर केसी, प्रकाश सुवेदी, ओमप्रकाश केसी र अशोक रोकायको नाम सिफारिस भएको छ ।

मन्त्री गहतराजले विसं २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेकपा (एमाले) सँगको गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो । उहाँले दोस्रोपटक यही क्षेत्रबाट उम्मेदवारको आकाङ्क्षा देखाउनुभएको छ । गत निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित हुनुभएकी कृष्णा पनि यसपटक प्रतिनिधिसभामा आकाङ्क्षी हुनुहुन्छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *