📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

मधेस प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झ¥यो

🕒 April 21, 2022

मधेस प्रदेशमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झरेको छ । केही दिनदेखि निरन्तर घट्दै गएको कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या मधेस प्रदेशमा चार जना मात्र छन् । चारै जना होमआइसोलेशनमा रहेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना महामारी सुरु भएयता मधेस प्रदेशमा कोरोना सङ्क्रमणबाट हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकामा ४० हजार ३५१ जना उपचारपश्चात निको भएर घर फर्किएका छन् । सङ्क्रमणकै कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ गरी एक हजार ६२ जनाको मृत्यु भइसकेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै मधेस प्रदेशमा करिब ७३ प्रतिशतले कोेभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार तथा स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड–१९ विरुद्धको खोप लगाउने दर बढेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिनुभयो ।