📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

मनाङबाट ८२ पर्यटकको हवाई उद्धार

🕒 October 11, 2022

हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।

जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो ।

हेलिकोप्टरमार्फत मनाङ पुगेका १६ जनामध्ये १३ जनाको मनाङ ङिस्याङ र तीन बाह्य पर्यटकको उद्धार गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ७३ बाह्य पर्यटक र नौ जना आन्तरिक पर्यटक गरी हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

बाढीपहिराले गर्दा सडकमार्ग अवरुद्ध भएकाले अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको उहाँले बताउनुभयो । गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।

बङ्गालको खाडीबाट विकसित हुँदै नेपाल प्रवेश गरेको मनसुनले गर्दा पर्यटक आवागमनको उपयुक्त समयमा पनि सडकमार्गको उपयोग गर्न समस्या भएको छ । सडकमार्गमार्फत यात्रा गर्न समस्या हुँदा मनाङमा पहिलोपटक एकै दिनमा एक सय २० पटक हेलिकोप्टर अवतरण गरी पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण पदमार्गको यात्रामा मनाङ पुगेका बाह्य पर्यटकको उद्धार गर्ने क्रममा एक सय २० पटक अवतरण गरी नयाँ रेकर्ड कायम गरेको हो ।

मनाङलगायत गोरखा, मुस्ताङ र उपल्लो डोल्पाको हिमाली क्षेत्रमा पर्यटक पुगेका थिए । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण ती पर्यटक बीचबाटोमै अलपत्र परेका र सम्पर्कमा आएका पर्यटकलाई उद्धार गरिएको छ । मनाङको अन्नपूर्ण, गोरखाको मनास्लु, मुस्ताङको धवलागिरि क्षेत्रमा पर्यटक पुगेका थिए ।