विकास र सुशासनको नीतिमा एमाले स्पष्ट छ ः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि चौतर्फी चुनौती खडा गर्न खोजिए पनि विकास र सुशासनको नीतिका आधारमा देशलाई अघि बढाउन पार्टी प्रतिबद्ध भएको बताउनुभएको छ ।

सो पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले पार्टीमा वैचारिक स्पष्टता, साङ्गठनिक सुदृढता कायम गरेर अघि बढ्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले सल्लाहकारको अनुभव र ज्ञानबाट पार्टीले लाभ लिनसक्ने बताउनुभयो ।

परिषद्का अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा सम्पन्न बैठकमा परिषद्मा पछिल्लो समयमा थपिएकासहित सदस्यले सपथ लिनुभएको थियो ।

यसैबीच नेकपाको ७३औँ स्थापना दिवसका अवसरमा यही वैशाख ९ गते एमालेले स्थानीय तहका लागि केन्द्रस्तरमा र पालिकास्तरमा एकैसाथ घोषणापत्र सार्वजनिक गर्दैछ । घोषणापत्र सार्वजनिक गरिने कार्यक्रममा ज्येष्ठ कम्युनिष्टको पनि सम्मान गरिँदैछ । एमालेले सोही दिनदेखि केन्द्रीय कार्यालयलाई थापाथलीबाट सारेर च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन गर्दैछ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *