मूल्यवृद्धिप्रति व्यवसायी असन्तुष्ट

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ । निर्माण उद्योग पछिल्लो समयमा निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटीपूर्ण बुँदा, बिमा निर्देशिका २०७८ का प्रावधानलगायत कारण निर्माण व्यवसाय धराशायी भएका कारण आन्दोलनमा उत्रनुपरेको महासङ्घले आज आयोजना गरको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

निर्माण उद्योग धराशायी भएका कारण १७ हजारभन्दा बढी व्यवसायी पेशाबाटै पलायन हुने अवस्थामा पुगेको अध्यक्ष रवि सिंहले बताउनुभयो । निर्माण उद्योग धराशायी हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकाले समस्या समाधानका लागि सरकारसँग माग गरिएको उहाँको भनाइ छ । यसअघि सरकारको ध्यानाकर्षण गराई समयसीमा तोक्दासमेत माग पूरा नभएकाले आन्दोलनमा उत्रन बाध्य हुनुपरेको महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *