धनुषामा छ जनाको उम्मेदवारी फिर्ता

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये प्रतिनिधिसभातर्फ दुई जना र प्रदेशसभातर्फ चार जना गरी छ जना उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभातर्फ धनुषा क्षेत्र नं ४ मा जनमत पार्टीका किसुनदेव यादव र नेपाल सद्भावना पार्टीका राजेन्द्र महतोले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत सुदिपकुमार दङगालले जानकारी दिनुभयो ।

यस्तै प्रदेशसभातर्फ धनुषा क्षेत्र नं १ (ख) मा स्वतन्त्र उम्मेदवार लक्ष्मीनारायण मण्डल केवट, नेत्रदिप लामा र आनन्द मण्डलले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तम खरेलले जानकारी
दिनुभयो । धनुषा क्षेत्र ४ (ख) मा स्वतन्त्र उम्मेदवार रामदुलार महतोले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यही असोज २३ गते प्रतिनिधिसभातर्फ धनुषामा ६६ जना स्वतन्त्र गरी एक सय तीनजना र प्रदेशसभातर्फ ७७ स्वतन्त्र गरी एक सय ३८ जनाले उम्मेदवारी मनोनयन दत्र्ता गराउनभएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *