राष्ट्रले अभिभावक गुमायो : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताउनुभएको हो ।

राष्ट्रपतिले भन्नुभएको छ, “वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएकामा पीडाबोध भएको छ ।” जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको राष्ट्रपतिको भनाइ छ ।

जोशीको आज बिहान किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । राष्ट्रपतिले जोशीप्रति श्रद्धाञ्जलिसमेत अर्पण गर्नुभएको

छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *