टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् । मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख ८५८१ नंको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बाप्र०२–०२३प ७७६९ नंको स्कुटरलाई आज बिहान ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक गापा–६ घर भई हाल चाँगुनारायण नपा–३ झौखेल ठकुरीगाउँ बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । स्कुटर पछाडि सवार म्याग्दी बेनी नपा–४ घर भई हाल चाँगुनारायण नपा–३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठ मध्यपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न सवारीसाधन र टिपर चालक रामेछाप दोरम्बा गापा–४ घर भई हाल मध्यपुरथिमि–७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुलबहादुर सापकोटालाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जनाइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *