भकुण्डेमा पहिलोपटक विदेशी पर्यटक – News Nepal Media
Trend

कोरोना महामारीपछि बागलुङको भकुण्डेमा रहेको सामुदायिक घरबासमा पहिलोपटक विदेशी पर्यटक पुगेका छन् । बुधबार वल्र्ड भिजन अर्गनाइजेसनले विश्व भेगन समूहका नौ सदस्यलाई बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबास पु¥याएको

हो । समूहमा तीन बेलायती, छ अमेरिकी र तीन नेपाली नागरिक रहेका छन् ।

लामो समयपछि घरबासमा विदेशी पर्यटक आएपछि घरबास सञ्चालक उत्साहित भएका छन् । कोरोना महामारीको समयमा तीन वर्षयता घरबास कहिले सञ्चालन हुने र कहिले बन्द हुँदै आएको थियो । आन्तरिक पर्यटकको प्रायः भीड लाग्ने यहाँको घरबासमा तीन वर्षपछि विदेशी पर्यटक आएको घरबास सञ्चालक इन्द्रा थापाले बताउनुभयो । ‘‘हामी घरबास सञ्चालन गरेर पाहुनाकै पर्खाइमा हुन्थ्यौैँ, स्वदेशी वा विदेशी जोकोही आउँदा पनि खुसी लाग्छ’’ उहाँले भन्नुभयो–‘‘हाम्रो व्यवसाय नै घरबास हो, यहीँको आम्दानीले जीवन धान्नुपर्छ ।’’

भकुण्डे पुगेका विदेशी पर्यटकलाई घरबास सञ्चालकले सामूहिकरुपमा स्वागत गरेका थिए । कोरोना महामारीअघि २०७६ सालको कात्तिक १४ गते भकुण्डेका घरबास बस्न पुगेको उक्त समूह तीन वर्षपछि कात्तिक १६ गते सोही घरबासमा पुगेको हो । ‘‘हामीले हरेक वर्ष समूहका सदस्यलाई पालैपालो बागलुङ बजार र यहाँका घरबासमा ल्याउने योजना बनाएका थियौँ’’ वल्र्ड भिजन अर्गनाइजेसन नेपालका अध्यक्ष सुरेश शर्माले भन्नुभयो ‘‘उहाँहरु यहाँको प्रकृतिसँग रमाउनुहुन्छ, स्वच्छ स्थानीय खानपान हुने भएकाले त्यसको प्रबद्र्धनसमेत हुने गरेको छ ।’’

नगरपालिकाले तीन वर्ष पहिले विदेशी पर्यटक भित्र्याउन पहल थालेकामा उक्त समूहले साथ दिएको थियो । बागलुङका विभिन्न पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटक यहाँको प्रकृतिसँग रमाउने गरेको उहाँले बताउनुभयो । ‘‘उहाँहरु दुई दिन घरबासमा र एक दिन बजारमा बस्नुहुन्छ, बीचमा यहाँको कला र संस्कृति अवलोकन, प्राकृतिक सम्पदासँग रमाउनु भएको छ’’ अध्यक्ष शर्माले भन्नुभयो ‘‘यो निरन्तर प्रक्रिया हुनेछ ।’’ विदेशी पर्यटक घरबासमा पुगेपछि यहाँको प्रचारप्रसार र उत्पादनको उपयोगमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

भकुण्डेमा रहेको भ्यू टावरबाट सूर्योदय हेर्ने, यहाँबाट देखिने हिमशङ््खलाले उनीहरुलाई लोभाउने गरेको छ । भकुण्डेमा कोदोको ढिँढो, गुन्द्रुक, स्थानीय जातको आलुलगायत उत्पादन उनीहरुले प्रयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP