प्रधानमन्त्री देउवाले आज पनि चुनावीसभालाई सम्बोधन गर्दै

गत चार दिनदेखि आफ्नो गृहजिल्ला एवं चुनाव क्षेत्रमा व्यस्त रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज थप दुई चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका देउवा गत बिहीबारदेखि गृहजिल्ला डडेल्धुरामा हुनुहुन्छ । उहाँले बिहीबार अमरगढी, शुक्रबार दुई वटा पालिका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चुनावीसभा र शनिबार अजयमेरु गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिकामा आयोजित सभालई सम्बोधन गरिसक्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे पर्शुराम नगरपालिकाको जोगबुडामा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले जानकारी दिनुभयो ।

सात वटा पालिकाका चुनावीसभा सकेर उहाँ आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको डडेल्धुरा सभापति साउँदले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवा सातै प्रदेशमा हुने आमसभाका लागि पुग्ने कार्यक्रम रहेको पनि उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले बताउनुभयो ।

Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *