आम्दानीको मुख्य स्रोत तरकारी खेती

अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन् ।

यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आउनुभएको छ । विसं २०६३ देखि समूह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुआत गरेको यहाँका किसान नाथुराम रानाले बताउनुभयो । “विसं २०६३ मा ७५ बोट बैगुन लगाएर तरकारी खेती सुरु गरेँ”, विगत सम्झिँदै उहाँले भन्नुभयो, “अहिले खेती विस्तार गर्दै १५ कठ्ठमा पु¥याएको छु ।” यहाँका किसानले दुई कठ्ठादेखि दुई÷तीन बिघासम्ममा तरकारी खेती गरिराखेको उहाँले बताउनुभयो । “हामी राना परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो”, उहाँले भन्नुभयो, “यसैबाट आएको आम्दानीले घरखर्च र छोराछोरीको पढाइ खर्च व्यर्होछौँ ।”

डेढ दशकदेखि तरकारी खेतीमा लाग्नुभएका सुदामा रानाले अन्य बालीभन्दा तरकारीमा फाइदा हुने भएपछि तरकारी खेती रोजेको बताउनुभयो । “मेहेनत गर्न सक्यो भने अन्य बालीको तुलनामा तीन गुणा बढी फाइदा हुन्छ”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ बजार समस्याले चुनौती थपिदिन्छ ।” भारतबाट आउने तरकारीले यहाँको स्थानीय उत्पादनमा समस्या गर्ने गरेको उहाँले गुनासो गर्नुभयो ।

त्यसैगरी तरकारी खेतीमा लाग्नुभएका मीना रानाले पनि तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेको बताउनुभयो । “बजारमा स्थानीय उत्पादनलाई हेला गर्ने परम्परा छ”, उहाँले भन्नुभयो, “हामीले विषादीरहित तरकारी उत्पादन गर्छौँै, यहाँ राम्रोभन्दा पनि सस्तो हेर्छन्”, उहाँले विभिन्न समस्याका बावजुत पनि एक दशकदेखि निरन्तर तरकारी खेती गरिराखेको बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको यो बस्तीमा राना समुदायले घरबास (होमस्टे) पनि सञ्चालनमा ल्याएका छन् । यहाँ आउने पर्यटकलाई आफ्नै बारीको उत्पादनको स्वाद दिलाउँदा सुखी भएर जानेको गरेको उहाँको भनाइ छ ।

तरकारी खेतीमा लाग्नुभएका कैलाशु राना पनि यसैबाट घरपरिवार चलेको बताउनुहुन्छ । “तरकारी उत्पादन गरेर महेन्द्रनगर बजारमा बिक्री गर्छौँ, राम्रो फाइदा हुन्छ”, उहाँले भन्नुभयो, “तरकारीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म फाइदा हुने गरेको छ ।” यहाँ तरकारी खेती गर्ने अधिकांश राना समुदायका महिला छन् । पुरुष अन्य काम गर्न जाने र घरमा महिलाले तरकारी खेती गरेर घरखर्च जोहो गर्ने गरेको उहाँहरु बताउँछन् । गाउँमा उत्पादन गरेको तरकारी बैलगाडा, मोटरसाइकल र टाउकोमा बोकेर तरकारी बेच्न महेन्द्रनगर बजारसम्म पुग्ने गरेको किसान बताउँछन्।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *