शुक्रबार , बैसाख ५, २०८२
चितवनको नारायणगढमा आगलागीबाट धेरै क्षति पुगेको छ । – News Nepal Media
Trend

नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी भएको छ । तुलसीराम सापकोटाको चार तले घरमा गए रातिदेखि लागेको आगो आज बिहान ७ बजे मात्र निभाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो । प्रहरीले आगो लागेको जानकारी आज बिहान २ बजेमात्रै थाहा पाएको हो ।

त्यसलगत्तै टोली घटनास्थलमा पुगेर आगो निभाउन सुरु गरेको थियो । आगो निभाउन भरतपुर महानगरपालिकाको एउटा, खैरहनी नगरपालिकाका दुई दमकल र नेपाली सेनाको एउटा दमकल प्रयोग गरिएको थियो । प्रहरीका अनुसार विष्णुप्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, वसन्त कार्कीको श्री कृष्ण सप्लायर्स, शङ्कर सापकोटाको जुत्ता पसल, वासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा आगलागीबाट क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP