नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको छ । क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी हुनुभएको हो ।

श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याउनुभएको छ । यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो । त्यसैगरी (२) मा पाण्डेले १८ हजार आठ सय छ मत पाउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का गोपाल खनालले १४ हजार सात सय ६१ मत पाउनुभएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *