रुपन्देही–४ (२) मा काङ्ग्रेसका खाँ निर्वाचित

रुपन्देही–४ (२) मा नेपाली काङ्ग्रेसका वसिउद्दिन खाँ विजयी हुनुभएको छ । एघार हजार तीन सय पाँच मतका साथ खाँ प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित हुनुभएको हो ।

चालिस हजार नौ सय ६३ मतमध्ये खाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले आठ हजार दुई सय ६५ मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले सात हजार छ सय ६१ मत पाउनुभएको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिनुभयो । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यको मतगणना जारी रहेको छ । प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ल अगाडि हुनुहुन्छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *