
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत बर्दिया क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारूको अग्रता कायमै रहेको छ ।
वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमलाई एक सय ५२ मतले पछि पार्दै थारू अग्रस्थानमा


हुनुहुन्छ । पैतीस हजार तीन सय ३८ मत गणनामा थारूले १० हजार छ सय ६२ र गौतमले १० हजार पाँच सय १० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेकपा (एमाले)का लक्ष्मणराज ज्ञवालीले आठ हजार सात सय ९६ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले चार हजार ६२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गणना गरिएको मतमध्ये एक हजार नौ सय छ मत बदर भएको छ ।