📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

कपडा चोरी गर्ने १० पक्राउ

🕒 November 23, 2022

नेपाल प्रहरीले नगदसहित कपडा चोरी गर्ने १० जना पक्राउ गरेको छ । प्रहरी वृत्त मालिगाउँको टोलीले भारत राजस्थान घर भई हाल काठमाडौँ महानगरपालिका–३० डिल्लीबजारमा सञ्चालन गरेको गोपाल इन्टरप्राइजेजको गोदामबाट सामान चोरी गर्ने १० जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिकाका २७ वर्षीय रामचन्द्र खड्का, २३ वर्षीय प्रदीप केसी, १९ वर्षीय पवन बस्नेत, २० वर्षीय दिलीप कार्की, २७ वर्षीय प्रकाश कोइराला, २२ वर्षीय प्रदीप कार्र्की, सिन्धुलीका ४१ वर्षीय लोकबहादुर तामाङ, ओखलढुङ्गाका ३६ वर्षीय लोकबहादुर नेपाली, सर्लाहीका ३६ वर्षीय छत्रबहादुर भट्टराई र भारत बिहारका २७ वर्षीय लालबहादुर राम रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले मङ्सिर २ गते सामान चोरी गरेका उनीहरुलाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरिएको जानकारी दिनुभयो । कपडा चोरी गर्ने सोही गोदाममा कार्यरत कर्मचारी भएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका नेपाली तथा भारतीय पर्दा र सोफा बनाउन प्रयोग हुने अन्दाजी रु ५५ लाख मूल्यका कपडा बरामद गरेको छ । यस्तै रु एक लाख ३० हजार रुपैयाँ बरामद भएको छ ।

चोरीमा प्रयोग भएको बा०१ज ५३६७ नंको ट्याक्सी र बा१९च ९९४० नंको बोलेरो पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।