एमालेका भट्टराईसँगको मतान्तर बढाउँदै गठबन्धनका पासाङ

प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले मतान्तर पुनः बढाउनुभएको छ । मन्त्री पासाङले पाँच हजार सात सय ५८ मत प्राप्त गर्दा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले चार हजार नौ सय ७४ मत प्राप्त गर्नुभएको छ ।

बाह्र हजार एक सय ६७ मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार मन्त्री पासाङ सात सय ८४ मतले अगाडि रहनुभएको छ । प्रतिनिधिसभातर्फ हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मतगणना भइरहेको छ ।

प्रदेशसभा (१)मा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई नौ सय ९२ मतले पछाडि पर्नुभएको छ । नेकपा (एमाले)का १ नं प्रदेश समिति सदस्य पाँचकर्ण राईले पाँच हजार दुई सय ३५ मत ल्याउँदा वीरबलकाजीले चार हजार चार सय ६९ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (२)मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले आफ्नो अग्रता कायमै राख्नुभएको छ । महामन्त्री राई नेकपा (एमाले) खोटाङका अध्यक्ष रामप्रसाद दङ्गालभन्दा चार सय ३६ मतले अगाडि हुनुभएको हो ।

महामन्त्री राईले पाँच हजार पाँच सय ५३ मत प्राप्त गर्दा दङ्गालले पाँच हजार एक सय १७ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (२)मा अहिले दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मतगणना भइरहेको छ ।

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा ६७ हजार तीन सय ७३ मत अर्थात् ४७ दशमलव १८ प्रतिशतमात्र मत खसेको छ । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (१)मा १० जना र प्रदेशसभा (२)मा छ उम्मेदवार रहेको जिल्लामा गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *