📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

धनुषा–३ : जुलीकुमारी महतोको तेस्रोपटकको संसदीय यात्रा

🕒 November 25, 2022

धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार उहाँ ३३ हजार तीन सय ८८ मतसहित विजयी हुनुभएको छ ।

पाँचदलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पछि पार्दै उहाँ तेस्रोपटक निर्वाचित हुनुभएको हो । ४६ वर्षीया महतो यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएको थियो ।

तीन दशकदेखि राजनीतिमा क्रियाशील उहाँले संसदीय यात्रा भने विसं २०६४ बाट सुरु भयो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो । संविधानसभा सदस्य निर्वाचन २०७० मा धनुषा–३ मा पराजित हुनुभएको थियो । २०७४ मा पुनः समानुपातिक सदस्य निर्वाचित हुनुभयो ।

जनकपुर उपमहानगरपालिका–९ की स्थायी बासिन्दा उहाँको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको हो । विसं २०४६ देखि २०४८ सम्म जनसेवा माविको सचिवको जिम्मेवारीमा रहनुभएकी उहाँले २०५२ मा विवाहपछि रघुवीर महासेठको प्रेरणाले राजनीतिमा लागेको बताउँदै आउनुभएको छ । एमालेको जिल्ला कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिष्द सदस्य र पार्टीको तत्कालीन जनकपुर अञ्चल कमिटी सदस्य हुँदै २०७४ मा केन्द्रीय सदस्य बन्नुभएको थियो