📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

सर्लाही–३ (१)मा कुशवाहा र (२) मा यादव विजयी

🕒 November 25, 2022

सर्लाही निर्वाचन क्षेत्र नं ३ (१) मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा विजयी हुनुभएको छ । सोह्र हजार पाँच सय ९१ मतसहति कुशवाहाले जित निकाल्दा निकटतम् प्रतद्विन्द्वी नेकपा (एमाले)का गणेशप्रसाद प्रसाईँले १५ हजार एक सय ६६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै सर्लाही ३(२) प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सञ्जयकुमार यादव पुनः विजयी हुनुभएको छ । यसै प्रदेशसभाबाट निवर्तमान प्रदेशसभा सदस्यसमेत रहनुभएका उहाँले १३ हजार एक सय ९० मत प्राप्त गरी विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोजकुमार रायले आठ हजार तीन सय ४८ मतमात्र प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वशिष्टकुमार घिमिरेले बताउनुभयो । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार हरेसप्रसाद महतोले आठ हजार ३५ मत प्राप्त गर्नुभएको छ । जिल्लामा तीन प्रतिनिधिसभा र सात प्रदेशसभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।