मोरङ ४ बाट माओवादीका मोदी निर्वाचित

मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी)का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको

छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद ढकाल २४ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको हो ।

त्यसैगरी गत आइबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ (२)बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जीवन घिमिरे नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *