दाङ–३ बाट कांग्रेसका गिरी विजयी

दाङको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरी विजयी हुनुभएको छ । उहाँ ३६ हजार आठ सय ४२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

गिरीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की कोमल वलीले २९ हजार ३२ मत प्राप्त गर्नुभयो । निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार गिरीले वलीलाई सात हजार आठ सय १० मतान्तरले पराजित गर्नुभएको हो ।

यसैगरी राष्ट्रि«य स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत प्राप्त गर्नुभयो । दाङ क्षेत्र नं. ३ मा कूल एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकामा ९० हजार एक सय ५० जनाले मतदान गरेका थिए


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *