भन्सार छलि गरि ल्याएको रासायनिक मल सहितको ट्रक पक्राउ

सुनसरीको कोशी गाउँपालिका-४ बाट करिब १० लाख ३२ हजार रूपैयाँ मूल्य बराबरको भन्सार छलि गरेको रासायनिक मल सहित बी आर ०६ जीसी १२०३ नम्बरको भारतीय ट्रकका चालक भारत मझेपुर ग्राम पञ्चायत बोधवा-१२ बस्ने २० वर्षीय धरमेस कुमारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँस्थित कोशी कटान चेक पोष्टमा चेकिङ गर्ने क्रममा उक्त ट्रकमा भन्सार छली गरेको उक्त मुल्य बराबरको मल फेला पारी ट्रक सहित चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

अहिले बरामद ट्रक र मल सेतुबन्धु भन्सार कार्यालय कोशिब्यारेजमा बुझाइएइएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी रहेको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *