थापाथली घटनाका दोषीको नाम किटान गरी कारवाहीका लागि टेकु प्रहरीमा महानगरको पत्राचार

काठमाण्डौ महानगरले थापाथली स्थित सुकुम्बासीबस्तिमा अनधिकृत संरचना हटाउने क्रममा नगरप्रहरीमाथि स्थानीयबासीले ढुंगामुदा गरेका थिए। अहिले नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि काठमाडौँ महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको छ।

घटनाका विषयमा एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै काठमाडौँ महानगरपालिकले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारामा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना भत्काउन जाने क्रममा महानगरीय प्रहरी बलका प्रमुखसहितका प्रहरी घाइते भएका थिए । साथै नगर प्रहरी शर्मिला बोगटीलाई सरीर बन्धक बनाई गम्भीर रुपमा घाइते बनाएका कारण उहाँसहित ३ जना प्रहरीको नर्भिक अस्पतालमा आइसीयुमा उपचार भइरहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उहाँले भन्नुभयो, ‘गैरकानुनी रुपमा निर्माण भएका अनधिकृत संरचना हटाउने कार्यमा सबै पक्षबाट सहयोग, सहकार्य र समन्वय हुने विश्वाश गरेका छौँ ।’


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *