चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन

चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उहाँको निधन भएको हो । नेता चियाङ ९६ वर्षका हुनुहुन्थ्यो । केहीबेर अघि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को केन्द्रीय समितिले उहाँको निधनको घोषणा गरेको हो ।

पूर्वराष्ट्रपति चियाङले सन् १९८९ देखि २००२ सम्म सिपिसीको महासचिव, सोही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रुपमा चीनको नेतृत्व गर्नुभएको थियो । उमेर र शारीरिक अस्वस्थताका कारण नेता चियाङ बितेका तीन वर्षयता सार्वजनिकस्थलमा देखिनुभएको थिएन । तीन वर्षअघि उहाँ तत्कालीन प्रधानमन्त्री ली फङको अन्त्येष्टिमा सहभागी हुनुभएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *