मायाको हत्याको आरोपमा एक सशस्त्र प्रहरी जवान पक्राउ

बैतडीमा एक युवातीलाई घाँटी रेटेर बीभत्स हत्या गरेको आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । पक्राउ पर्ने सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई आइतबार महेन्द्रनगर बजारमा हिड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाइएको छ।

गत हप्ता बैतडीको पन्चेश्वर गाउँपालिका -४ की २१ वर्षीय माया लुहारको निर्मम तरिकाले हत्या भएको थियो। पूर्वम्यादी प्रहरीसमेत रहेकी मायाको हत्या आरोपमा शिवनाथ गाउँपालिका-४ का कोलिलाई पक्राउ गरिएको हो।

अहिले उनलाई पक्राउ गरि थप अनुसन्धानको लागि बैतडी प्रहरीलाई बझाइने प्रहरी कार्यलय सुदुरपश्चिमले जनाएको छ। साथै उनि दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत छन्।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *