दोलखामा एमालेको अग्रता

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा कडा प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म ७८ हजार नौ सय ७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार एक सय ९९ र माओवादी केन्द्रका गङ्गा कार्कीले ३४ हजार एक सय ८४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय हुनुभएको छ । उहाँले २३ हजार तीन सय ३१ मत प्राप्त गर्नुभएको छ भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गर्नुभएको थियो । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित हुनुभएको छ ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *