एउटा फुच्चे बालेन शाह भन्ने अन्तर्राष्ट्रिय ठग रहेछ। बालेनले जनतासँग आँखा जुधाएर कुरा गर्न नसकेर कालो चश्मा लगाएको स्थापितले बताए।

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा (एमाले)बाट उम्मेद्वारी दिएका केशव स्थापित येतिखेर  स्वतन्त्र उम्मेद्वार बालेन शाहमाथि खनिएका छन्। स्थापित यसअघि मीटू प्रश्नबारे दिएको अराजक जवाफले आलोचना खेपिरहेका थिए फेरि उनले आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बालेन शाह सम्बन्धित विवादित अभिव्यक्ति दिएका हुन। उनले “बालेनले आफ्नो परिचय ढाँटिरहेको भन्दै आपत्ति जनाए।बालेनले आफूलाई पहाडिया ठकुरी बताइरहेको भन्दै परिचय लुकाएको उनको गुनासो छ।उनले भने-‘एउटा फुच्चे बालेन शाह भन्ने अन्तर्राष्ट्रिय ठग रहेछ। सबै युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या। हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न।’स्थापितले बालेनमाथि कडा टिप्पणी गर्दै अगाडी भने, ‘सुरुआतमै ठग कुरा गर्ने मान्छेलाई यहाँ ल्याएपछि हालत के हुन्छ भन्नोस् त। सुरुआतमै ठग क्या। दर्तावाल ठग। काठमाडौंबासीलाई ढाँट्न पाइँदैन। म मधेसको मान्छे भनेर आँट गरेर आउनुपर्दैन? आँट चाहिँ केही पनि छैन।’

बालेनले जनतासँग आँखा जुधाएर कुरा गर्न नसकेर कालो चश्मा लगाएको स्थापितले बताए।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *