बिहिबार , बैसाख ४, २०८२
एउटा फुच्चे बालेन शाह भन्ने अन्तर्राष्ट्रिय ठग रहेछ। बालेनले जनतासँग आँखा जुधाएर कुरा गर्न नसकेर कालो चश्मा लगाएको स्थापितले बताए। – News Nepal Media
Trend

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा (एमाले)बाट उम्मेद्वारी दिएका केशव स्थापित येतिखेर  स्वतन्त्र उम्मेद्वार बालेन शाहमाथि खनिएका छन्। स्थापित यसअघि मीटू प्रश्नबारे दिएको अराजक जवाफले आलोचना खेपिरहेका थिए फेरि उनले आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बालेन शाह सम्बन्धित विवादित अभिव्यक्ति दिएका हुन। उनले “बालेनले आफ्नो परिचय ढाँटिरहेको भन्दै आपत्ति जनाए।बालेनले आफूलाई पहाडिया ठकुरी बताइरहेको भन्दै परिचय लुकाएको उनको गुनासो छ।उनले भने-‘एउटा फुच्चे बालेन शाह भन्ने अन्तर्राष्ट्रिय ठग रहेछ। सबै युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या। हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न।’स्थापितले बालेनमाथि कडा टिप्पणी गर्दै अगाडी भने, ‘सुरुआतमै ठग कुरा गर्ने मान्छेलाई यहाँ ल्याएपछि हालत के हुन्छ भन्नोस् त। सुरुआतमै ठग क्या। दर्तावाल ठग। काठमाडौंबासीलाई ढाँट्न पाइँदैन। म मधेसको मान्छे भनेर आँट गरेर आउनुपर्दैन? आँट चाहिँ केही पनि छैन।’

बालेनले जनतासँग आँखा जुधाएर कुरा गर्न नसकेर कालो चश्मा लगाएको स्थापितले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP