शुक्रबार , बैसाख ५, २०८२
सुनको मूल्य प्रतितोला रु एक लाख पाँच सय – News Nepal Media
Trend

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेर रु एक लाख पाँच सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार आठ सय थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १०ले बढेर रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।

किन हुन्छ सुन चाँदीको मूल्य घटबढ ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको बताउनु हन्छ ।

“सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ”, अध्यक्ष शाक्यले भन्नुभयो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९७ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP