मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना – News Nepal Media
Trend

स्थानीय वायुको प्रभाव, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म रहेको न्यून चापीय प्रणाली र नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशैभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशका पहाडी भेगका साथै अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि बादल लागेको छ भने केही स्थानमा वर्षा भइरहेको छ ।दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशको मौसम सामान्य बदली रहनेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको आकाशमा दिउँसो आंशिक बदली रहनेछ ।प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।राति प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १ दशमलव ८ डिग्री र न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच मिलिमिटर वर्षा भएको छ भने धरानमा सबैभन्दा बढी १५ मिलिमिटर पानी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP