📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

प्रहरी शिक्षालयमा योग विज्ञान शिविर

🕒 December 12, 2022

चितवनमा प्रशिक्षणमा रहेका प्रहरीका लागि एकदिने योग विज्ञान शिविर गरिएको छ । आइतबार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो ।

पतञ्जली योग समितिको सहकार्यमा गरिएको शिविरमा प्रहरी जवानदेखि नायब प्रहरी महानिरीक्षक उपस्थिति रहेको थियो । कार्यक्रममा पतञ्जली योग समिति केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण गराउनुभएको थियो । योगले मानिसलाई तन्दरुस्त बनाउनका साथै सकारात्मक सोँच दिने भएकाले प्रहरीलाई योग प्रशिक्षण दिइएको हो ।

योग शिविर तीन घण्टासम्म चलेको थियो । पतञ्जलीका संरक्षक पूर्व नायब प्रहरी महानिरीक्षक ज्ञानेन्द्रबहादुर महतले बर्सेनि देशभरका प्रहरीलाई यस्तो शिविरमा सहभागि गराउने लक्ष्य लिइएको बताउनुभयो ।

कार्यक्रममा पतञ्जली योग समिति चितवनका संरक्षक टङ्कनाथ पौडेल, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सालको गोलियासहित मोटरसाइकल नियन्त्रणमा

चितवन प्रहरीले सालको गोलियासहित तीन मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । आज बिहान भरतपुर महानगरपालिका–११ भोजाडस्थित खगेरी पुल नजिकैबाट लुकाइछिपाइ पदमपुरतर्फ लैजाँदै गरेको काठ र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।

नवजागृती सामुदायिक वनबाट पदमपुरतर्फ लैजाँदै गरेको ना १६ प २०५७, ना ६ प २६४२ र ग ४प ५९४३ नम्बरको मोटरसाइकल र उक्त मोटरसाइकलमा राखेर लैजाँदै गरेको तीनवटा सालको गोलिया नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार काठ तस्कर अस्थायी प्रहरीचौकी भोजाडबाट खटिएको टोलीलाई देखेपछि काठसहित मोटरसाइकल छाडेर भागेका थिए । काठ र काठ तस्करीमा प्रयोग भएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा लगेर थप अनुसन्धान गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।