सुनको मूल्य प्रतितोला रु एक लाख

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला रु दुई सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार सात सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८२ दशमलव ३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *