केरुङवासीलाई सुधारिएको फलामे चुलो

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका २३ घरधुरीलाई सुधारिएको फलामको चुलो वितरण गरिएको छ । पिके फाउण्डेशनका सचिव बुद्धसिङ तामाङ र समाजसेवी सुकमान तामाङले बुधबार त्यहाँका २३ घरधुरीलाई एक÷एक थान फलामे चुलो वितरण गर्नुभएको हो ।

फलामे चुलोमा दाउराको खपत कम हुनाका साथै धुवाँको मात्रा कम हुने वडाअध्यक्ष पासाङ कट्वालले बताउनुभयो । यस्ता चुलोको प्रयोगले वनजङ्गल संरक्षण र वायु प्रदूषण नियन्त्रणमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो ।
सुधारिएको फलामे चुलोलाई ढुङ्गा माटोबाट बनेको चुलो जस्तो लिपपोत गर्न नपर्ने भएकाले गृहिणीहरुलाई सहज भएको छ । फलामे चुलो पाएसँगै केरुङवासीले खुसी व्यक्त गरेका थिए ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *