शुक्रबार , बैसाख ५, २०८२
केरुङवासीलाई सुधारिएको फलामे चुलो – News Nepal Media
Trend

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका २३ घरधुरीलाई सुधारिएको फलामको चुलो वितरण गरिएको छ । पिके फाउण्डेशनका सचिव बुद्धसिङ तामाङ र समाजसेवी सुकमान तामाङले बुधबार त्यहाँका २३ घरधुरीलाई एक÷एक थान फलामे चुलो वितरण गर्नुभएको हो ।

फलामे चुलोमा दाउराको खपत कम हुनाका साथै धुवाँको मात्रा कम हुने वडाअध्यक्ष पासाङ कट्वालले बताउनुभयो । यस्ता चुलोको प्रयोगले वनजङ्गल संरक्षण र वायु प्रदूषण नियन्त्रणमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो ।
सुधारिएको फलामे चुलोलाई ढुङ्गा माटोबाट बनेको चुलो जस्तो लिपपोत गर्न नपर्ने भएकाले गृहिणीहरुलाई सहज भएको छ । फलामे चुलो पाएसँगै केरुङवासीले खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP