शुक्रबार , बैसाख ५, २०८२
नवनिर्वाचित सांसदलाई लुम्बिनी विकास कोषको सम्मान – News Nepal Media
Trend

लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई बिहीबार कोषले सम्मान गरेको हो ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई र सदस्यसचिव सानुराजा शाक्यले खादा ओढाएर उहाँहरूलाई सम्मान गर्नुभयो । सो अवसरमा सांसद घिमिरेले विश्वमा लुम्बिनीबाटै नेपाल चिनाउन सकिने भएकाले यसको विकासमा सबै पक्षबीच हातेमालो जरुरी रहेको बताउनुभयो । लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीको विकास निर्माणलाई अगाडि बढाउने विश्वास दिलाउँदै उहाँले कोषको गुरुयोजना सम्पन्न गर्न सङ्घीय सांसदका रूपमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्वाचन क्षेत्र न ५ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य गुप्ताले लुम्बिनीको विकासका लागि आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउँदै लुम्बिनीमा एक सुविधासम्पन्न अस्पतालको आवश्यकता रहेकाले त्यसका लागि सबैलाई एकजुट हुन आग्रह गर्नुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनी गुरुयोजना पूरा गर्नु नै आफूहरूको पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले लुम्बिनी गुरुयोजना पूरा गर्नका लागि आवश्यक पर्ने बजेट उपलब्ध गराउनका लागि पहल गरिदिन अनुरोध गर्नुयभो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP