📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

कागेश्वरी मनोहरामा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

🕒 December 16, 2022

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कागेश्वरी मनोहराले नगरभित्रका १६ वटै सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार पाँच विद्यार्थीको निः शुल्क स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

नगरप्रमुख उपेन्द्र कार्कीले नगरवासीलाई स्वस्थ राख्न मेयरसँग ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा, सरकारी स्कुलका बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा, नगरस्तरीय अस्पताल निर्माणलाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले कागेश्वरी मनोहराले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितामा राखेर नीति तथा कार्यक्रम बनाएर लागू गरेको बताउनुभयो । संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले आन्तरिक स्रोतबाट रु सात करोड बजेट विनियोजन गरेको छ भने शिक्षकलाई तालिमसमेत प्रदान गर्दै आएको छ ।

चालु आर्थिक वर्षका लागि रु दुई अर्ब १५ करोडको बजेट विनियोजन गरेको छ । सबै नगरवासीलाई खानेपानी पु¥याउने लक्ष्य लिएको सो नगरपालिकाले तीनवटा खानेपानी आयोजनालाई अगाडि बढाएको छ ।

उज्यालो र सुरक्षित नगरपालिका बनाउनका लागि कागेश्वरी मनोहराले नगरभित्रका मुख्य सडक र भित्रि सडकमा सिसीटिभी जडान र सडकबत्ती जडानको कामलाई प्राथमिकता दिएको छ । नगरभित्र उत्पादन हुँदै आएको फोहरलाई नगरभित्र नै व्यवस्थापन गर्ने नीति सो नगरपालिकाले लिएको छ ।

नगरप्रमुख कार्कीले कागेश्वरी मनोहरालाई खेलकुद नगरीको रुपमा अगाडि बढाउने बताउनुभयो । मनोहरा करिडोर निर्माण कार्यलाई समेत आफ्नो कार्यकालमा पूरा गर्ने उहाँको भनाइ छ । नगर प्रमुख कार्कीले मुख्य सडक सङ्घ र प्रदेश सरकारबाट ठेक्का लागेको बताउँदै सडक नबन्दा स्थानीय सरकारले जनताको गुनासो सुन्नुपरेको बताउनुभयो । “जोरपाटीदेखि थली हुँदै साँखु जाने मुख्य सडकमा मुआब्जा लिने र काम गर्न नदिने प्रवृत्ति बढेको छ, यसले गर्दा काम गर्न बाधा पुगेको छ”, उहाँले भन्नुभयो ।

स्थानीय सरकारको कार्यअधिकारभित्र नपर्ने सडक स्थानीय सरकारले नबनाएको भन्दै केही राजनीतिक दलले नगरपालिकाको काममा अवरोध पु¥याएको उहाँले बताउनुभयो । कूल एक लाख १५ हजार जनसङ्ख्या रहेको सो नगरपालिकामा ३५ हजार घरधुरी र नौ वडा रहेका छन् । सो नगरपाकिलामा चालु आवमा ५० वटा ठेक्का आयोजना भए पनि चारवटा आयोजनाको काम सम्पन्न भइसकेको, ४२ आयोजना निर्माणको क्रममा रहेको र चार आयोजनाको ठेकेदार नगरपालिकाको सम्पर्कमा नआएको नगरपालिकाले जनाएको छ ।